site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
चीन किन चाहँदैन भारत-पाकिस्तान युद्ध ?

काठमाडौं । भारतले पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरमा आक्रमण गरेपछि दुई देशबीच सम्बन्ध तनावपूर्ण बनेको छ । यस घटनाप्रति विश्वका धेरै देशले जसरी नै चीनले पनि प्रतिक्रिया जनाएको छ ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले भारतको हवाई आक्रमणलाई ‘अफसोसपूर्ण’ भन्दै वर्तमान अवस्थाप्रति आफूहरू चिन्तित रहेको बताएका छन् । प्रवक्ताले भारत र पाकिस्तान दुवै देशलाई थप जटिल नबनाउन भन्दै शान्ति कायम राख्न र संयम अपनाउन अपिल गरेका छन् । “भारत र पाकिस्तान सधैँ एकअर्काको छिमेकी हुन् र रहनेछन् । उनीहरू दुवै चीनका पनि छिमेकी हुन्,” उनले भनेका छन्, “चीनले सबै प्रकारका आतंकवादको विरोध गर्दछ ।”

चीनले २००५ देखि २०२४ सम्म विगत १९ वर्षयता पाकिस्तानमा लगभग ६८ बिलियन अमेरिकी डलर लगानी गरेको छ । आफ्नो करोडौँ रुपैयाँको लगानी खेर नजाओस् भनेर पनि चीन पाकिस्तानमा अस्थिर भएको देख्न चाहँदैन । 

यस विषयमा चिनियाँ मामिलाका विज्ञ तथा बेनेट विश्वविद्यालयका सहप्राध्यापक डा. तिलक झा पनि सहमत छन् । “चीन कदापि आफ्नो हितबेगरको घटना घटोस् भन्ने चाहँदैन,” उनी भन्छन्, “यस क्षेत्रमा तनाव बढेको खण्डमा यसको प्रत्यक्ष असर चिनियाँ लगानीमा पर्ने निश्चित छ ।”

पाकिस्तानमा चीनले चीन–पाकिस्तान आर्थिक करिडोर र बेल्ट एन्ड रोडअन्तर्गत पनि ठूलो लगानी गरिरहेको छ । चीनले मध्य एसियालाई सडकबाट जोड्ने चाहनाअनुसार सो परियोजना अघि सारेको हो । आफ्नो योजना अपूरो नहोस् भन्नेमा चीन सधैँ सजग छ । 

पाकिस्तान र चीनबीच दशकौँदेखि रक्षा सहयोग र कूटनीतिक सम्बन्ध रहँदै आएको छ । यसबीचमा पाकिस्तानको चीनमाथिको आर्थिक निर्भरता बढ्दै गएको छ । चीन र पाकिस्तानबीचको सन् १९५१ मे २१ देखि कूटनीतिक सम्बन्ध सुरु भएको हो । 

पाकिस्तानलाई हतियारमा चीन्सँग निर्भर रहँदै आएको छ । हतियार दिए पनि चीनले भारतविरुद्धको कुनै पनि युद्धमा पाकिस्तानलाई प्रत्यक्ष रूपमा समर्थन गरेको छैन । भारतसँगको सम्बन्धलाई चीनले सन्तुलनमा राख्दै आएको छ ।

भारतले पश्चिमी देशहरूसँग निकटता बढाएपछि स्वभाविक रूपमा पाकिस्तानले पनि चीनतर्फ झुकाव बढाएको हो । ऋण दिन मात्र होइन, चीनले पाकिस्तानलाई सहयोग गरेर फाइनान्सियल एक्सन टास्क फोर्सको कठोर कारबाहीबाट पनि बचाउँदै आएको छ । 

“चीनले कदापि भारत र पाकिस्तानबीच युद्ध चाहँदैन,” जवाहरलाल नेहरू विश्वविद्यालयका चाइना स्टडिजका प्राध्यापक आर वर प्रसाद भन्छन्, “युद्ध भयो भने चीनको हित मात्र प्रभावित हुँदैन, मध्य एसियाले नै संकटको सामना गर्नुपर्नेछ ।”

हाल चीनले अमेरिकासँग करसम्बन्धी फरक स्तरमा तनाव झेलिरहेकाले पनि भारतसँगको आफ्नो सम्बन्ध सुमधुर रहीरहोस् भन्नेमा चीन सतर्क छ । बीबीसी

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख २५, २०८२  २२:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro