विदेश

काठमाडौं । भारतीय सेनाका सूत्रहरूले बीबीसीलाई जानकारी दिएअनुसार, जम्मू सहरभरी वायु साइरन बज्न थालेपछि सुरक्षा प्रणाली सक्रिय गरिएको छ ।
यसअघि भारतको जम्मू सहरमा विस्फोट सुनिएको भनेर भारतीय सेनाका एक प्रवक्ताले सीएनएनलाई जानकारी दिएका थिए । प्रवक्ताले भने, “हामीसँग अहिले थप विवरण छैन । यस समय हामीले स्थिति पुष्टि गर्ने प्रयास गरिरहेका छौँ । ब्ल्याकआउट लागु गरिएको छ ।”
सामाजिक सञ्जाल एक्समा एक पोष्टमा जम्मू र कश्मीर प्रहरीका पूर्वमहानिर्देशक शेषपाल वैदले भने, “ठूला विस्फोटहरू–बम विस्फोट, मिसाइल प्रहारको सम्भावना छ ।”
प्रकाशित मिति: बिहीबार, वैशाख २५, २०८२ २२:०१
प्रतिक्रिया दिनुहोस्