-1746623360.jpg)
काठमाडौं । भारत प्रशासित कश्मीरको जम्मू सहरमा विस्फोटको आवाज सुनिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ ।
"ठूलो विस्फोट–बम विस्फोट, गोलाबारी वा क्षेप्यास्त्र हमलाको आशंका गरिएको छ," जम्मू कश्मीर प्रहरीका पूर्वमहानिर्देशक शेष पल वैदले सामाजिक सञ्जाल एक्समा एक पोस्ट गर्दै भने, "हाल त्यहाँ ब्ल्याकआउट छ ।"
जम्मू सहरको गुज्जर नगर पुलमा उपस्थित एक प्रत्यक्षदर्शीले बीबीसीलाई भने, "जम्मू विमानस्थलनजिकै १६ वटा वस्तुहरू खसेको देखेँ ।"
एक सुरक्षा स्रोतले एएफपी समाचार एजेन्सीलाई बताएअनुसार विमानस्थलमा विस्फोट भएको थियो ।
प्रत्यक्षदर्शीहरूले बीबीसीलाई बताएअनुसार बजारहरू बन्द थिए र उनीहरूले मानिसहरू दौडिरहेको, साइरन बजिरहेको र सहरभरि बिजुली काटिएको देखे ।
बीबीसीका अनुसार, "हामीले भर्खरै जम्मू कश्मीरको जम्मू सहरबाट रिपोर्ट प्राप्त गरेका छौँ ।"
एक प्रत्यक्षदर्शीले बीबीसीलाई बताएअनुसार त्यहाँ अन्धकार थियो र उनले साइरनको आवाज सुन्न सक्थे ।
बीबीसी संवाददाता दिव्या आर्यका अनुसार जम्मूका धेरै ठाउँमा मानिसहरूले विस्फोटको आवाज सुनेका छन् र सम्पूर्ण सहरमा बिजुली आपूर्ति बन्द छ ।
कठुआका नागरिकहरूले दुई ठाउँमा विस्फोटको आवाज सुनेका छन् र यहाँ पनि बिजुली काटिएको छ । कठुआ जम्मूबाट डेढ घण्टा टाढा छ । यस समयमा, दुवै सहरहरू पूर्ण रूपमा अँध्यारोमा छन् ।