site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
भारतविरुद्ध सैन्य कारबाही भए कडा जवाफ दिनेछौँ : एस जयशंकर

काठमाडौं । भारतका विदेशमन्त्री एस जयशंकरले भारतविरुद्ध सैन्य कारबाही भए कडा जवाफ दिने चेतावनी दिएका छन् । इरानी विदेशमन्त्री अब्बास अरघचीसँगको भेटमा जयशंकरले यस्तो बताएका हुन् । 

भारत–इरान मैत्री सन्धिको ७५औँ वार्षिकोत्सवका अवसरमा द्विपक्षीय सहयोग समीक्षा बैठकमा भाग लिन अरघची अहिले भारतमा छन् । जयशंकरले सामाजक सञ्जाल एक्समा पोस्ट गरेर यसबारे जानकारी दिएका हुन् ।

अप्रिल २२ मा भारतको जम्मू कश्मीरको पहलगाममा भएको आतंकवादी आक्रमणको बारेमा उनले भने, “यो आक्रमणले हामीलाई सीमापार आक्रमण गर्न बाध्य बनायो ।”

भारतीय विदेशमन्त्रीले २२ अप्रिलमा पहलगाममा आक्रमण भएपछि भारतले मे ७ मा ‘आतंकवादी लुक्ने ठाउँ’लाई लक्षित गर्दै सीमापार आक्रमण गरेको दाबी गरे ।

जयशंकरले भने, “हामी तनाव बढाउन चाहँदैनौँ, तर यदि हामीविरुद्ध सैन्य कारबाही गरियो भने धेरै कडा प्रतिक्रिया दिनेछौँ भन्नेमा कुनै शंका छैन ।”

जयशंकरले इरानी विदेशमन्त्री अराघचीलाई भने, “एक छिमेकी र नजिकको साझेदारका रूपमा तपाईं परिस्थितिको बारेमा राम्ररी जानकार हुनु महत्त्वपूर्ण छ ।” (बीबीसी हिन्दीबाट) 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख २५, २०८२  १६:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro