राजनीति

काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले नेपाल राष्ट्र बैंकको गभर्नर छिट्टै नियुक्त गर्न माग गरेका छन् ।
बिहीबार प्रतिनिधिसभा बैठकमा सांसद खतिवडाले आईपीओ निष्कासन स्वीकृतिका लागि धितोपत्र बोर्डका अध्यक्षले कमिसन माग्न लगाएको विषय बाहिरिएको भन्दै सरकारको जवाफ मागसमेत गरे ।
“धितोपत्र बोर्डको अध्यक्षको कमिसनको काण्ड बाहिर आएका छन् । योबारे के हो सरकारले जवाफ दिनुपर्यो,” उनले भने ।
उनले भारत–पाकिस्तानलगायत मुलुकको तनाव समाधान गर्न सरकारलाई तयारीमा रहन पनि आग्रह गरे ।
“आतंकवादविरुद्धको लडाइँमा हामीले जुनसुकै देश भए पनि साथ दिनुपर्छ,” उनले भने ।
प्रकाशित मिति: बिहीबार, वैशाख २५, २०८२ ११:५४
प्रतिक्रिया दिनुहोस्