site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयमा शैक्षिक पदका लागि दर्खास्त आह्वान

काठमाडौं । मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयले विभिन्न शैक्षिक पदका लागि दर्खास्त आह्वान गरेको छ । विश्वविद्यालयले डिजिटल प्रविधि कार्यक्रम (कृत्रिम बौद्धिकता र डेटा विज्ञान)का लागि प्राध्यापक, सहप्राध्यापक, सहायक प्राध्यापक गरी चार जनाको दर्खास्त आह्वान गरेको हो ।

दर्खास्तका लागि कृत्रिम बौद्धिकता, डेटा विज्ञान, डेटा माइनिङ, मेसिन लर्निङ, डिप लर्निङ, कम्प्युटर भिजन, नेचुरल ल्याङ्ग्वेज प्रोसेसिङ, इन्टरनेट अफ थिङ्स र अन्य समसामयिक प्रविधि क्षेत्रमा विशेषज्ञता हुनुपर्ने विश्वविद्यालयले जनाएको छ ।

यसमा नेपाली नागरिकसहित गैरआवासीय नेपाली तथा विदेशी नागरिकले समेत दर्खास्त दिन सक्छन् ।

विश्वविद्यालयको कर्मचारी प्रशासन नियमावली, २०८० र वित्तीय व्यवस्थापन नियमावली, २०८० अनुसार सेवा सर्त लागु हुने विश्वविद्यालयले जनाएको छ ।

इच्छुक उमेदवारले info@mbust.edu.np मा आवेदन दिन सक्नेछन् ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख २४, २०८२  १६:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro