site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
विश्वका प्रमुख एयरलाइन्सले पाकिस्तानको हवाई क्षेत्र हुँदै उडान गर्न छाडे

काठमाडौं । भारतको कश्मीरमा पर्यटकमाथि भएको आतंककारी हमलापछि पाकिस्तान र भारतबीचको सम्बन्ध बिग्रिएको छ । यो नयाँ भू–राजनीतिक तनावले विश्वभरिको हवाई क्षेत्रमा पनि असर परेको छ । भारत र पाकिस्तानबीचको तनावका कारण विश्वका प्रमुख एयरलाइन्सहरूले पाकिस्तानको हवाई क्षेत्रबाट हुने उडान रोकेका छन् ।

एयर फ्रान्सले सीएनएनसँग कुरा गर्दै भारत र पाकिस्तानबीचको हालैको तनावका कारण पाकिस्तानको हवाई क्षेत्रबाट उडान रोकेको बताएको छ । फ्रान्सेली एयरलाइनले केही गन्तव्यहरूको लागि उडान तालिका र उडान योजनाहरू समायोजन गर्दै गरेको र केही मार्गहरूमा लामो उडान समय लाग्ने बताएको छ ।

जर्मनीको प्रमुख एयरलाइन्स लुफ्थान्साले पनि हालका लागि पाकिस्तानी हवाई क्षेत्रबाट टाढै रहने निर्णय गरेको रोयटर्सलाई पुष्टि गरेको छ ।

समाचार संस्था रोयटर्सले फ्लाइट–ट्रयांकिङ डाटाले ब्रिटिस एयरवेज, स्विस इन्टरनेसनल एयरलाइन्स र एमिरेट्सका केही उडानहरूले पाकिस्तानी हवाई क्षेत्रबाट बच्न अरब सागरको मार्ग लिएर दिल्लीतर्फ उडान गरेका उल्लेख गरेको छ ।

अप्रिल २२ मा कश्मीरको पहलगाममा आतंकवादीहरूले २६ नागरिकलाई हत्या गरेको थियो । यसका लागि भारतले पाकिस्तानलाई दोष लगाएको छ भने पाकिस्तानले यसलाई अस्वीकार गरेको छ । यसपछि दुवै पक्षबीच तनाव बढ्दै गएको छ । हमलापछि दुवै देशहरूले एकअर्काको हवाई क्षेत्र बन्द गरेका छन् । तर, बढ्दो तनावले अब अन्तर्राष्ट्रिय एयरलाइन्सहरूलाई पनि असर परेको देखिएको छ । यसले उनीहरूलाई अतिरिक्त इन्धन खर्च गरेर लामो मार्ग चयन गर्न बाध्य बनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख २३, २०८२  १६:२३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro