राजनीति

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'बीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्री कार्यालय, सिंहदरबारमा भएको भेटमा संक्रमणकालीन न्यायसहित समसामयिक सवालमा छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
भेटमा प्रचण्डसहित वर्षमान पुन, अग्नि खरेल पनि सहभागी छन् ।
यसअघि, गत बिहीबार (वैशाख १८ गते) प्रधानमन्त्री ओली, सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख विपक्षी माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच भेटवार्ता हुने भनिएको थियो । तर, विश्वासको वातावरण नबनेको कारण देखाएर प्रचण्ड बैठकमा अनुपस्थित रहे ।
प्रकाशित मिति: आइतबार, वैशाख २१, २०८२ १८:१५
प्रतिक्रिया दिनुहोस्