site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पोखरा विमानस्थलबारे आएका सबै कुरा तथ्यगत छैनन्, थप अध्ययन चाहिन्छ : गोकुल बास्कोटा
फाइल तस्बिर ।

काठमाडौं । नेकपा (एमाले)का सांसद गोकुल बास्कोटाले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबारे आएका सबै विषय तथ्यगत नरहेको दाबी गरेका छन् । आइतबार लेखा समितिमा पोखरा विमानस्थल निर्माणबारे उपमसमितिको प्रतिवेदमाथि भएको छलफलका क्रममा बास्कोटाले अधिकारप्राप्त संस्थाले थप अध्ययन गर्न आवश्यक रहेको बताए ।

"पोखरामा साथीहरूले राम्रो अध्ययन गर्नुभएको छ । तर, आएका सबै कुरा तथ्यगत छैनन् । अब यसलाई सरकारको अधिकार पाएका संस्थाहरूले राम्रोसँग अध्ययन गर्नुपर्छ," बास्कोटाले भने ।

बास्कोटा स्वयं उपसमितिका सदस्य हुन् । उनले उपसमितिको प्रतिवेदनमा 'फरक मत' राखेका थिए ।

"कसलाई जोगाउन पनि छैन, बचाउनु पनि छैन । हामी समिति बनाउन सर्वसम्मति गर्ने अनि प्रतिवेदन आउँदा यो बस्न भएन भन्ने ? मैले पोखराको राय लेखको छु," उनले भने ।

राजेन्द्र लिङ्देन नेतृत्वको 'पोखरा विमानस्थल अध्ययन तथा अनुगमन गर्न गठित सार्वजनिक लेखा उपसमिति'ले वैशाख १५ गते लेखा समितिलाई अध्ययन प्रतिवेदन बुझाएको थियो । प्रतिवेदनमा उपसमितिले विमानस्थल निर्माणको सुरुवातदेखि नै अनियमितता देखिएको निष्कर्ष निकालेको छ । प्रतिवेदनमाथि लेखासमितिमा आज छलफल भइरहेको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख २१, २०८२  १५:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro