site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘केआईआईटीमा विद्यार्थी पठाउन बन्द गरौँ’
फाइल तस्बिर ।

काठमाडौं । राष्ट्रियसभा सदस्यले भारतको उडिशास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)मा विद्यार्थी पठाउन बन्द गर्नुपर्ने बताएका छन् । त्यहाँ जान चाहने विद्यार्थीलाई नो अब्जेक्सन लेटर (एनओसी) दिन नहुनेमा पनि उनीहरूले जोड दिए ।

आइतबार (वैशाख २१) राष्ट्रियसभा बैठकको आकस्मिक समयमा उनीहरूले केआईआईटीमा विद्यार्थी असुरक्षित भएका, एकपछि अर्को छात्राको शृंखलाबद्ध मृत्युले सुरक्षाको प्रत्याभूति नभएको भन्दै एनओसी रोक्न सरकारको ध्यानाकर्षण गराए ।

राष्ट्रिय जनमोर्चाका सांसद तुलप्रसाद विश्वकर्माले सरकारले उक्त कलेजका निम्ति एनओसी दिने प्रक्रिया रोक्नुपर्ने बताए ।

नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का सांसद मदनकुमारी साहले केआईआईटीका निम्ति एनओसी रोक्न माग गर्दै अभिभावकलाई पनि सचेत हुन आग्रह गरिन् ।

आकस्मिक समयमा जनता समाजवादी पार्टी, नेपालका मोहम्मद खालिद, लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका शेखरकुमार सिंह र नेपाली कांग्रेसका कृष्णबहादुर रोकायले केआईआईटीमा नेपाली विद्यार्थीको मृत्युबारे छानबिन गरी दोषीलाई कारबाही गर्न सरकारले निरन्तर पहल गर्नुपर्ने माग गरे ।

घटनाको छानबिन र दोषीमाथि कारबाहीको माग गर्नेमा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का गंगाकुमारी बेल्वासे र नेपाल कम्युनिस्ट पार्टी (एमाले)का सुमित्रा बिसी थिए । रासस

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख २१, २०८२  १३:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro