site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
रत्नराज्यमा सर्वसम्मत रूपमा स्ववियु चयन,  तर नेवि संघ केन्द्रले भन्यो– मताधिकार कुण्ठित गर्न पाइँदैन

काठमाडौं । त्रिभुवन विश्वविद्यालयअन्तर्गत रत्नराज्यलक्ष्मी क्याम्पस (आरआर)मा सर्वसम्मत रूपमा स्वतन्त्र विद्यार्थी युनियनको पदाधिकारी तथा सदस्य चयन गरिएको छ । यसअघि पटकपटक निर्वाचनको मिति तय भए पनि रोकिँदै आएको थियो । 

स्ववियु निर्वाचन गराउन माग गर्दै उच्च अदालत पाटनमा रिटसमेत दायर भएको थियो । अदालतले विद्यार्थी संगठनहरूसँग छलफल गरी निर्वाचन गराउन आदेश दिएको थियो । 

उच्च अदालत पाटनको आदेशअनुसार बुधबार छलफलका लागि सर्वपक्षीय सर्वदलीय बैठकबाट क्याम्पसमा दर्ता रहेका क्रियाशील संगठनका प्रतिनिधिबाट निर्विरोध स्ववियु निर्वाचित गरिएको निर्वाचन संयोजक महेश भट्टराईले जानकारी दिए । 

Argakhachi Cement Island Ad

जसअनुसार स्ववियु अध्यक्षमा अनेरास्ववियुका लोकेश कुमार खड्का, उपाध्यक्षमा अखिल क्रान्तिकारीका संगमकुमार लामा तामाङ र सचिवमा नेवि संघका शैलेन्द्र उपाध्याय निर्वाचित भएका छन् । 

त्यस्तै, सहसचिव आरआरयुथ फोर्सको भागमा परेको छ । उक्त संगठनबाट सुरेश रोकाया सहसचिव बनेका छन् । कोषाध्यक्षमा अनेरास्ववियूकी अम्बिका अधिकारी चयन भएकी छिन् । 

त्यस्तै, सदस्यहरूमा अनेरास्ववियुबाट चारजना, नेवि संघबाट चारजना, अखिल क्रान्तिकारीबाट तीनजना र केही अन्य संगठनबाट चयन भएका छन् । 

सदस्यहरूमा उमेश लामा, जेमिना पुन मगर विष्णु जैशी, अर्पन घिमिरे, शेखर रोकाया, हिमेन्द्रनाथ शर्मा, शारदा पौडेल, रबिनराज खत्री, धन कुमार नेपाली, हेमन्त रावल, सुसान रिजाल, पुष्पा घर्ती मगर, प्रविण गिरी, जगदिश गिरी र भूमिका चाम्लिङ राई निर्वाचित भएका छन् । 

यसैबीच नेवि संघका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले भने नेवि संघ केन्द्रको सहमतिविना स्ववियु गठन भएको भन्दै विरोध जनाएका छन् । उनले विज्ञप्ति जारी गरेर विद्यार्धीको मताधिकार कुण्ठित गर्न नपाइने बताएका हुन् । 

rr-1746023983.jpg
 

प्रकाशित मिति: बुधबार, वैशाख १७, २०८२  २०:२५
प्रतिक्रिया दिनुहोस्