site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
चलचित्र ‘शिवांशः च्याप्टर १’ निर्माण घोषणा, को हो मुख्य कलाकार ? 

काठमाडौं । नेपाली चलचित्र ‘शिवांश’को निर्माण घोषणा गरिएको छ । निर्माणपक्षले बुधबार फर्स्टलुक सार्वजनिक गर्दै ‘शिवाशंः च्याप्टर १’ निर्माणको घोषणा गरेको हो ।

अञ्जान सिनेमा प्रोडक्सन हाउसको ब्यानरमा निर्माण हुने यो चलचित्रको निर्देशन सन्तोष कुमार आत्रेयले गर्नेछन् । 

चलचित्रमा प्रवीण खतिवडा, तेज गिरी र रुषा न्यौपाने मुख्य भूमिकामा देखिनेछन् भने विकास जोशी, विमला लिम्बू, प्रदीप कुमार चौधरी, सबिर चुरौटे, उदय कुमार सुब्बा, टिका निरौला लगायत कलाकारहरूको पनि अभिनय रहनेछ ।

चलचित्रको कथा अञ्जान केसीले लेखेका हुन्, जो यसका निर्माता पनि हुन् । सह–निर्मातामा शोभा भण्डारी र अनिस केसी बोगटी रहेका छन् । पटकथा भने बारत लिम्बूले तयार पारेका निर्माणपक्षले जारी गरेको प्रेस नोटमा उल्लेख छ । 

सार्वजनिक पोस्टरमा प्रमुख कलाकार प्रवीण खतिवडा फलामको साङ्लोले बाँधिएको अवस्थामा देखिएका छन् । अनुहारको आधा भाग मात्र देखिएको उक्त दृश्यमा उनी विरोधीको नियन्त्रणमा परेका छन् भन्ने आभास हुन्छ । 

चलचित्रमा न्ह्यू बज्राचार्य र राजनराज शिवाकोटीको संगीत रहनेछ । गीत लेखनमा राजनराज शिवाकोटी र विप्लव प्रतीक छन् । स्वर राजनराज शिवाकोटी, मिलन नेवार र समीक्षा अधिकारीको रहनेछ ।

सिनेमाटोग्राफी सरद महतोको रहने  चलचित्रको मुख्य सहायक निर्देशक बारत लिम्बूको हुन् ।

‘शिवांशः च्याप्टर १’ आउँदो असोज २४ गतेबाट देशभर प्रदर्शनमा आउने तयारीमा छ । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख १७, २०८२  ११:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro