site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
शिक्षक र सरकारबीच मध्यराति भएको वार्तामा के भयो ?     

काठमाडौं । आन्दोलनरत शिक्षक र सरकारबीच गएराति भएको वार्तामा सहमति जुट्न नसकेको नेपाल शिक्षक महासंघले जनाएको छ ।

राज्य ‘दिन तयार’ नहुँदा माग सम्बोधन हुन नसकेको महासंघले जनाएको छ । 

महासंघकी सहअध्यक्ष नानुमाया पराजुलीले भनिन्, “सरकारले राखेको अडान र हामीले राखेका मागमा दुवैपक्षबीच नमिलेका कुराहरूलाई कसरी मिलाउने भन्ने छलफल भएको छ ।”

तर, सहमति नभएको उनले प्रष्ट पारिन् । सरकारले अघि सारेका विषयमा आन्दोलनरत शिक्षकहरूसँगको आन्तरिक छलफलपछि निर्णय दिने उनले बताइन् । 

“मन्त्रालयलाई निर्णय दिन सकिएन । हजारौँ शिक्षक सडकमा हुनुहुन्छ ।  हाम्रो आन्तरिक बैठक बसेपछि बेलुकासम्म निर्णय दिन्छौँ भनेर सिंहदरबारबाट निस्कियौँ,” पराजुलीले भनिन्, “यसका लागि आज शिक्षक संगठनहरूको आन्तरिक बैठक बस्नेछ ।”

महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले आन्दोलन यथावत रहेको बताएका छन् । “राज्य दिन चाहँदैन, आन्दोलनबिना केही पाईंदैन । त्यसैले आन्दोलन बलियो गराऔँ,” उनले भने । 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख १६, २०८२  ०८:२३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro