site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
आन्दोलनरत शिक्षकसँग सहमतिनजिक पुगियो, महासंघ अध्यक्ष भन्छन्– आन्दोलन जारी छ 

काठमाडौं । सरकारले आन्दोलनरत शिक्षकसँग बुधबारसम्म सहमति जुट्ने बताइरहेका बेला नेपाल शिक्षक महासंघले भने आन्दोलन जारी रहेको बताएको छ । 

सरकारले वार्ता सहमतिनजिक पुगेको बताइरहँदा महासंघले भने यसबारे प्रष्ट पारेको छैन । वार्ता भए पनि सहमति नभएको महासंघले बताएको छ । 

“आज शिक्षा मन्त्रालयमा विभिन्न विषयमा लामो छलफल चल्यो तर निष्कर्षमा पुग्न सकिएन । हामी भर्खरै  मन्त्रालयबाट बाहिर  आयौँ,” महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले गएराति सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् । उनले आन्दोलन जारी रहेको प्रष्ट पारेका छन् । 

यता, सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले शिक्षकहरूले उठाएको मागबारे मंगलरकार वा बुधबारसम्ममा सहमति हुने बताएका छन् । 

सोमबार मन्त्रिपरिषद् बैठकपछि मन्त्री गुरुङले भनेका थिए, “भोलि वा पर्सिसम्ममा शिक्षकहरूले उठाएका मागबारे सहमति हुन्छ । विद्यालय फर्काउन वातावरण बनाउन सकिन्छ भन्ने विश्वास दिलाउन चाहन्छु ।” 

यसैबीच, शिक्षामन्त्री रघुजी पन्तले सोमबार शिक्षक महासंघका अध्यक्ष, उपाध्यक्ष र महासचिवसँग वार्ता गरेर केही कुरा निष्कर्षमा पुगेको दाबी गरेका थिए । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख १६, २०८२  ०७:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro