site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
राज्य अधिनायकवादतर्फ अघि बढ्यो : सांसद श्रेष्ठ
फाइल तस्बिर ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद सुमना श्रेष्ठले राज्य अधिनायकवादर्फ अघि बढेको टिप्पणी गरेकी छन् । सोमबार (वैशाख १५) प्रतिनिधिसभा बैठकमा उनले नयाँ बानेश्वरमा शिक्षकमाथि राज्यले दमन गरेको भन्दै आपत्ति जनाइन् ।

“शिक्षकमाथि राज्यले दमन गर्‍यो । राज्य अधिनायकवादतर्फ हिँडिरहेको भान भएको छ,” उनले भनिन् ।

सांसद श्रेष्ठले शिक्षकलाई दलको सदस्यता नत्यागे दास बन्ने बताइन् । “तपाईंहरू जबसम्म नेपाली जनता मात्रै भएर बस्नुहुन्छ, सिंगो मुलुकको बन्नहुुन्छ । जब राजनीतिक दल, राजनीतिक दलको सदस्यता लिएर कार्यकर्ता बन्नुहुन्छ, नेताको उठबस भन्ने किसिमको दास बन्नुहुन्छ,” उनले भनिन् ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख १५, २०८२  ११:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro