site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कश्मीरमा आतंककारी हमलापछि नेपाल–भारत सीमा क्षेत्रमा कडा निगरानी

सुनसरी । भारतको जम्मु कश्मीर राज्यको पहलगाममा भएको आतंककारी हमलापछि सुनसरीको नेपाल–भारत सीमा क्षेत्रमा निगरानी बढाइएको छ । 

खुला सीमाका कारण कुनै किसिमका अवाञ्छित गतिविधि हुन नदिन निगरानी बढाइएको प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले जानकारी दिए । 

जिल्लाको बर्जु, हरिनगर र कोसी गाउँपालिकामा पर्ने नेपाल–भारत सीमा क्षेत्रको निरीक्षण गर्नुका साथै सुरक्षा सतर्कता बढाइएको उनले बताए । 

सशस्त्र प्रहरी, नेपाल प्रहरी र भारतीय सीमा सुरक्षा बल एसएसबीसहितको टोलीले संयुक्त गस्ती गर्नुका साथै सीमा क्षेत्र भएर आवतजावत गर्ने मानिसलाई जाँच गरेर मात्र आवतजावत गर्न दिएको सशस्त्र प्रहरी उपरीक्षक निर्मलकुमार थापाले जानकारी दिए । रासस

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख १५, २०८२  ०६:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro