site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
स्वास्थ्यसँग सम्बन्धित भ्रष्टाचारको अभियोगसहित मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेस प्रदेश जनस्वास्थ्य प्रयोगशाला, जनकपुरधामका तत्कालीन निर्देशक डा. श्रवणकुमार मिश्र र सेभेन हिल्स प्रालिका सञ्चालक अनिल शाहसहित आठजना र सेभेन हिल्स प्रालिउपर गैरकानुनी लाभ तथा हानि पुर्‍याई भ्रष्टाचार गरेको भन्दै विशेष अदालतमा आरोपपत्र दायर गरेको छ । 

त्यस्तै, अख्तियारले मधेस प्रदेश, सामाजिक विकास मन्त्रालयका तत्कालीन सचिव इमनारायण श्रेष्ठ, तत्कालीन निर्देशक डा. श्रवणकुमार मिश्र र हस्पिटेक इन्टरप्राइजेज प्रालिका सञ्चालक विशाल पण्डितसमेत १५ जना र हस्पिटेक इन्टरप्राइजेज प्रालिउपर पनि गैरकानुनी लाभ तथा हानि पुर्‍याई भ्रष्टाचार गरेको भन्दै आरोपपत्र दायर गरेको छ । 

आयोगले मधेस प्रदेश, सामाजिक विकास मन्त्रालयका तत्कालीन सचिव इम नारायण श्रेष्ठ, हस्पिटेक इन्टरप्राइजेज प्रालिका सञ्चालक विशाल पण्डित समेत १४ जना र हस्पिटेक इन्टरप्राइजेज प्रालिउपर गैरकानुनी लाभ हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर गरेको छ । 

त्यसैगरी, मधेस प्रदेश, सामाजिक विकास मन्त्रालय, प्रदेश जनस्वास्थ्य प्रयोगशाला, जनकपुरधामका तत्कालीन निर्देशक डा. श्रवण कुमार मिश्र र वरिष्ठ ल्याब टेक्निसियन निरीक्षक गुणानन्दप्रसाद साहसहित आठजना र सेभेन हिल्स प्रालिउपर गैरकानुनी लाभ तथा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर गरेको छ । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख १४, २०८२  २१:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro