देश
-1745740735.jpg)
काठमाडौं । शिक्षक आन्दोलनमा घाइते भएका सबै शिक्षकलाई राष्ट्रिय ट्रमा सेन्टरमा सारिने भएको छ । स्वास्थ्य मन्त्रालयले घाइते शिक्षकलाई ट्रमा सेन्टरमा नि:शुल्क उपचार गर्ने निर्णय गरेपछि अन्य अस्पतालमा रहेका घाइतेलाई पनि ट्रमा सेन्टरमा सार्न लागिएको नेपाल शिक्षक महासंघले जनाएको छ ।
महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीका अनुसार, झडपका क्रममा ३१ जना शिक्षक घाइते भएका छन् । उनीहरूको सिभिल अस्पालत र एभरेस्ट अस्पतालसहित फरकफरक ठाउँमा उपचार भइरहेको छ । अब भने उनीहरू सबैलाई ट्रमा सेन्टरमा सारिनेछ ।
आइतबार दिउँसो प्रहरी र शिक्षकबीच बानेश्वर क्षेत्रमा झडप भएको थियो । झडपमा शिक्षकसहित एक पत्रकार र केही प्रहरी घाइते भएका थिए ।
प्रकाशित मिति: आइतबार, वैशाख १४, २०८२ १७:५८
प्रतिक्रिया दिनुहोस्