खेल

काठमाडौं । सहिद स्मारक 'बी' डिभिजन लिगमा ब्रिगेड ब्वाइज क्लबले मध्यपुर युथ एसोसिएसनमाथि १–० को कठिन जित निकालेको छ ।
आइतबार सातदोबाटोस्थित एन्फा मुख्यालयमा ब्रिगेड ब्वाइजलाई जित निकाल्न टोलीका आशिष गुरुङको एक गोल नै पर्याप्त बन्यो । उनले खेलको इन्जुरी समयमा गोल गरेका थिए ।
खेलको १७औँ मिनेटमा ब्रिगेडका विशाल नेपालीले रातो कार्ड पाएका थिए ।
जितसँगै ब्रिगेड ब्वाइजले तालिकामा १८ अंक जोडेको छ । तेस्रो जितसँगै ब्रिगेडले कुल आठ खेलमा तीन जित, तीन बराबरी र दुई हारसहित १२ अंक बनाएको छ ।
पराजित मध्यपुर चौथो हार बेहोर्दै कुल आठ खेलमा चार पराजय, दुई बराबरी र दुई जितसहित आठ अंकमा सीमित छ ।
प्रकाशित मिति: आइतबार, वैशाख १४, २०८२ १६:११
प्रतिक्रिया दिनुहोस्