site stats
बाह्रखरी :: Baahrakhari
देश
सदनलाई सुनाइयो कांग्रेस सांसद माया राई पक्राउको सूचना

काठमाडौं । नेपाली कांग्रेसकी सांसद माया राई पक्राउको सूचना संसद्‌मा सुनाइएको छ ।

काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगीमा संलग्न रहेको आरोपमा प्रहरीले सांसद राईलाई शनिबार पक्राउ गरेको थियो ।

आइतबार प्रतिनिधिसभा बैठकमा उपसभामुख इन्दिरा रानाले राई पक्राउको सूचना पढेर सुनाएकी हुन् ।

राई पुर्पक्षका लागि थुनामा गए निलम्बित हुनेछिन् ।

प्रकाशित मिति: आइतबार, वैशाख १४, २०८२  १३:३०
प्रतिक्रिया दिनुहोस्