site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
राजा महेन्द्रको कारणले चलेको मन्त्रालय रहेछ : सञ्चारमन्त्री

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले परिस्थिति परिवर्तनपछि कार्यशैली बदलिनुपर्ने बताएका छन् । नेपाल चलचित्र संघको ५०औँ वार्षिक साधारणसभाका अवसरमा शनिबार (वैशाख १३) ललितपुरमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

उनले परिस्थिति परिवर्तनपछि ऐन–कानुन, कार्यशैली, ‘सिस्टम’ बदलिनुपर्नेमा जोड दिए । मान्छे मात्र बदलिएर केही नहुने उनले टिप्पणी गरे ।

उनले राजा महेन्द्रका पालामा निर्मित कानुनका कारण विकास हुन नसकेको जिकिर गरे । आफूले सुरुमा विकास र सुशासन कायम गर्ने मन्त्रालय (गृह वा भौतिक पूर्वाधार तथा यातायात) मागेको भए पनि प्रधानमन्त्रीको आग्रह सञ्चार मन्त्रालयमा रहेको उनले बताए ।

आफूले गृह मन्त्रालयको नेतृत्व गरेर बेथिति हटाउने चाहना प्रकट गरे पनि योपटक पूरा हुन नसकेको उनको भनाइ थियो ।

कार्यक्रममा सञ्चारमन्त्री गुरुङको भनाइ पढ्नोस्–
मन्त्रालय आएपछि... । मलाई लाग्थ्यो सुरुमा यो मन्त्रालयमा बजेट नै छैन । ६/७ अर्ब छ । मैले प्रधानमन्त्रीज्यूसँग भनेको थिएँ– मलाई कि सुशासन कायम गर्ने मन्त्रालय दिनुपर्छ कि विकास गर्ने मन्त्रालय चाहिन्छ । मैले भनेको थिएँ– भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र जुनमा डेढ खर्बभन्दा बढी बजेट छ । त्यहाँको लथालिंग, भताभुंग जे खालको आजको मुलुकको तस्बिर त्यहाँ देखिन्छ, त्यसलाई म सुधार र रूपान्तरण गर्न चाहन्छु । मलाई त्यो दिनुस् भनेको थिएँ । गृह मन्त्रालय दिनुस्, यो सारा बेथितिहरू जहाँजहाँ भइरहेको छ, त्यो पहिलोचोटि सबै कुराको उद्घाटन गर्छु भनेको थिएँ । तर, सरकारको प्रवक्ता पनि बन्नुपर्‍यो, प्रवक्ता भएको मान्छे अलि सिनियर पनि हुनुपर्‍यो, सानासाना मान्छेलाई बनाएर भएन, तपाईं सञ्चारमन्त्री हुुनपर्छ, त्यो पनि ठूलै क्षेत्र हो । हुन्छ भनेर मैले स्वीकारेँ । मन्त्रालयमा गइयो । त्यो मन्त्रालय कस्तो रहेछ भने अहिलेसम्म राजा महेन्द्रको कारणले चलेको मन्त्रालय रहेछ । रेडियो नेपालको कानुन २०१३ सालको, नेपाल टेलिभिजनको कानुन हेर्दा ०२६ सालको, पछि ०४२ सालको । गोरखापत्रको २०१८ को, राससको २०१४/२०१५ सालको । सबै पुरानो । नीति पुरानो । कानुन पञ्चायतको । बहुदल आयो, १८ वर्ष बित्यो । गणतन्त्र आयो, गणतन्त्र र बहुदल जोड्दा ३४ वर्ष भयो । ३४ वर्षसम्म एउटा नयाँ कानुन नबनेको । एउटा मात्रै कानुन ०४८ सालमा बहुदल आएपछि प्रेस काउन्सिल भन्ने संस्थाका लागि नयाँ कानुन आएको रहेछ । राजा महेन्द्रले बनाएको कानुनमा चलिरहेको छ । वीरेन्द्रले पनि होइन । धेरैजसो कानुन बनाएको महेन्द्रको पालामा छ । अनि, परिवर्तन कसरी हुन्छ ? शिक्षा अनि आजको जस्तो लथालिंग, भताभुंग नभएर राम्रो हुन्छ ? विज्ञान र प्रविधिको धेरै विकास भइसक्यो, कानुन तदनुकूल बनाउनुपर्ने कि नपर्ने ? त्यहाँनेर पार्टीहरू चुकेका छन् । स्वास्थ्यको पनि त्यही हालत छ । अहिलेसम्म २०१३ सालको नेपालको प्रहरी ऐन छ, त्यहीबाट चलिरहेको छ । परिस्थिति बदलिएपछि ऐन–कानुन बदलिनुपर्छ । परिस्थिति बदलिएपछि हाम्रो कार्यशैली बदलिनुपर्छ । परिस्थिति बदलिएपछि सिस्टम बदलिनुपर्छ । मान्छे मात्रै बदलिएर केही हुँदैन । न्युज एजेन्सी नेपाल

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख १४, २०८२  ११:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro