site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
माओवादी केन्द्र विराटनगरमा जनार्दन समूह विजयी

विराटनगर । नेकपा (माओवादी केन्द्र) विराटनगर महानगर कमिटीको नयाँ नेतृत्व चयन भएको छ । अध्यक्षसहित पदाधिकारीमा पार्टीका उपमहासचिव जनार्दन शर्मानिकट समूहको प्यानलै विजयी भएको हो ।

अध्यक्षमा दिनेशकुमार राजवंशी निर्वाचित भए । उनले नमिता न्यौपानेलाई पराजित गरे । राजवंशी यसअघि महानगर उपाध्यक्ष र न्यौपाने सचिव थिइन् ।

उपाध्यक्षमा धर्मलाल राजवंशी, सनोजकुमार यादव र चन्द्रबहादुर वन विजयी भए ।

सचिवमा सोनु केवट निर्वाचित भए । सहसचिवमा दिनेशकुमार कामत विजयी भए । कोषाध्यक्षमा मनीष सोनी निर्विरोध निर्वाचित भए ।

कार्यसमिति सदस्यमा निर्वाचितले अध्यक्षसहित पदाधिकारी पदमा मत हालेका हुन् । निर्वाचनमा ८१ सदस्यले मतदान गरेका थिए ।

अधिवेशनमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जनार्दननिकट समूहले छुट्टाछुट्टै प्यानल बनाएर प्रतिस्पर्धा गरेका थिए । मोरङमा पार्टीका जिल्ला इन्चार्ज कुलप्रसाद लिम्बूले प्रचण्ड र केन्द्रीय सदस्य शिवकुमार मण्डलले जनार्दन गुटको नेतृत्व गरिरहेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख १४, २०८२  १०:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro