राजनीति

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष डा. बाबुराम भट्टराई भारत प्रस्थान गरेका छन् ।
उनी प्रगतिशील नेपाली समाज, भारतको अधिवेशनमा अतिथिका रूपमा सहभागी हुन शनिबार (वैशाख १३) त्यहाँ गएको पार्टी उपाध्यक्ष मानुषी यमीले जानकारी दिइन् । आइतबारदेखि भारतको फरिदाबादमा समाजको अधिवेशन सुरु हुँदै छ ।
डा. भट्टराईका साथ उपाध्यक्ष एवं विदेश विभाग प्रमुख मानुषी र सचिव एवं प्रवास प्रदेशअन्तर्गत भारतका इन्चार्ज सन्देश कार्की छन् । रासस
प्रकाशित मिति: शनिबार, वैशाख १३, २०८२ १७:४०
प्रतिक्रिया दिनुहोस्