राजनीति

काठमाडौं । जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी एकीकरण हुने भएका छन् । वैशाख १७ गते यी दुई पार्टीबीच एकीकरण घोषणा हुने भएको छ ।
१७ गते बिहान ११ बजे नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा औपचारिक कार्यक्रम गर्दै यी दुई पार्टी एकीकरण हुन लागेको जनमत पार्टीले जनाएको छ ।
घोषणा कार्यक्रममा सबै केन्द्रीय सदस्य, भातृ तथा शुभेच्छुक संगठनका सदस्यहरूसहित उपस्थित हुनसक्ने सम्पूर्ण नेता, कार्यकर्तालाई जनमत पार्टीले बोलाएको छ ।
त्यसअघि जनमत पार्टीले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ । वैशाख १६ गते पार्टीको केन्द्रीय कार्यालयमा कार्यकारिणी समितिको बैठक बस्ने बताइएको छ ।
प्रकाशित मिति: शनिबार, वैशाख १३, २०८२ ११:३४
प्रतिक्रिया दिनुहोस्