site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कान्तिलोकपथमा दैनिक ६ घण्टा सवारी आवागमन बन्द गरिने
प्रतीकात्मक तस्बिर ।

वाग्मती । हेटौंडा–काठमाडौं जोड्ने कान्तिलोकपथ सडकखण्डमा यही वैशाख १८ गतेदेखि जेठ १ गतेसम्म सवारीसाधनको आवागमन बन्द हुने भएको छ । 
    
जिल्ला प्रशासन कार्यालय मकवानपुरले सूचना जारी गरी सो सडकखण्डअन्तर्गत मकवानपुरको बकैया गाउँपालिकास्थित ठिंगन–बगुवा खण्डमा सडक स्तरोन्नतिको काम हुने भएकाले सवारीसाधन आवागमन बन्द हुने जानकारी दिएको छ । 

मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी राजेन्द्रप्रसाद कँडेलका अनुसार वैशाख १८ गतेदेखि जेठ १ गतेसम्म बिहान १० बजेदेखि बेलुका ४ बजेसम्म दैनिक ६ घण्टा सो सडकमा सवारीसाधन आवागमन बन्द रहनेछ । 

ठिंगन–बगुवा सडकखण्डअन्तर्गत गंगटेनजिकैको भर्‍याङडाँडामा सडक स्तरोन्नति गरिने भएकाले सडकमा सवारी आवागमन बन्द गर्न लागिएको सहायक प्रजिअ कँडेलले बताए । 

सडक बन्द हुने भएकाले हेटौंडा–काठमाडौं वा काठमाडौं–हेटौंडा यात्रा गर्दा वैकल्पिक मार्ग प्रयोग गर्न उनले आग्रह गरे । रासस

NIBLNIBL
प्रकाशित मिति: शनिबार, वैशाख १३, २०८२  ०८:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro