site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
गाउँपालिका अध्यक्षको निर्देशन : आइतबार समयमै विद्यालय आउनू, नत्र राजीनामा दिनू

काठमाडौं । गुल्मीको एक पालिकाले आगामी आइतबारदेखि विद्यायलमा उपस्थित हुन शिक्षक तथा कर्मचारीलाई आग्रह गरेको छ । गुल्मीको कालीगण्डकी गाउँपालिकाले सो दिनसम्म विद्यालय आउन नसके राजीनामा दिन वा सरुवा मिलाएर जान उनीहरूलाई आग्रह गरेको छ । 

गाउँपालिकाले एक सूचना जारी गरेर आफ्नो पालिकाअन्तर्गतका सम्पूर्ण विद्यालयहरूलाई यस्तो आग्रह गरेको हो । 

शिक्षक आन्दोलनले पालिकाभित्रका सम्पूर्ण विद्यालयको अध्ययन–अध्यापनमा समस्या परेको भन्दै वैशाख १४ गतेदेखि विद्यालय समयमा अनिवार्य रूपमा उपस्थित हुन उर्दी जारी गरेको हो । 

“उक्त समयमा उपस्थित हुन नसक्ने शिक्षक कर्मचारीले राजीनामा दिन तथा सरुवा प्रक्रिया अगाडि बढाई जानुहुन निर्देशित गरिन्छ,” गाउँपालिका अध्यक्ष वेदबहादुर थापाले जारी गरेको सूचनामा उल्लेख छ । 

शिक्षक–कर्मचारीले पालिकाको निर्देशन अटेरी गरे भने के गर्नुहुन्छ ? भन्ने बाह्रखरीको प्रश्नमा पालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेश गिरीले भने, “अध्यक्षले निर्देशन जारी गर्नुभएको छ, आइतबार उहाँहरू नआएमा के गर्ने भन्ने त्यसपछि नै निर्णय हुन्छ ।”

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख १२, २०८२  १८:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro