site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नवनियुक्त शिक्षामन्त्री पन्तको शपथ अपराह्न
रघुजी पन्त । फाइल तस्बिर ।

काठमाडौं । नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले आज (वैशाख ११) पद तथा गोपनीयताको शपथ लिँदै छन् । राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई शपथ गराउनेछन् ।

अपराह्न ४ बजे उनको शपथको समय तय गरिएको राष्ट्रपतिको कार्यालयले जानकारी गराएको छ । महाराजगन्जस्थित राष्ट्रपति भवन शीतलनिवास पुगेर पन्तले शपथ लिनेछन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति पौडेलले बुधबार (वैशाख १०) पन्तलाई शिक्षामन्त्रीमा नियुक्त गरेका हुन् । मन्त्रिपरिषद्‌मा पन्तलाई परराष्ट्रमन्त्री डा. आरजु राणा देउवापछिको आठौँ वरीयता तोकिएको छ । पन्तअघि शिक्षामन्त्री रहेकी विद्या भट्टराईले गएको सोमबार (वैशाख ८) राजीनामा दिएकी थिइन् । उनी १८औँ वरीयतामा थिइन् ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख ११, २०८२  ०९:४०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro