site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
वीरमा थपियो नौ शय्यासहितको सर्जिकल आईसीयू 

काठमाडौं । वीर अस्पतालमा नौ शय्यासहितको सर्जिकल आईसीयू थपिएको छ । आईसीयू थपिएसँगै अप्रेसनका लागि भर्ना हुने बिरामीका लागि हुने बेडअभावको समस्या केही कम हुने भएको छ ।
 
स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले बुधबार नौ शैय्यासहितको सर्जिकल आईसीयू कक्षको उद्घाटन गरेका हुन् । संघीय अस्पतालको सेवा सुधार तथा विस्तार गर्ने नीतिअन्तर्गत वीरमा आईसीयू कक्ष थप गरिएको अस्पतालका निर्देशक डा. दिलीप शर्माले बताए । 

हाल एआईसीयू कक्षमा १४ बेड उपलब्ध छन् । जसमा अप्रेसनका लागि तथा अप्रेसनपश्चात् दुवैखाले बिरामी राख्नुपर्ने बाध्यता छ । तर, बेग्लै सर्जिकल आईसीयू कक्षले त्यो समस्या हटाएको छ ।

कक्षको उद्घाटन गर्दे मन्त्री पौडेलले अस्पतालको उपचार क्षमता बढाउने र सुविधा थप गर्ने आफ्नो प्राथमिकता रहेको बताए । मन्त्री पौडेलले भने, “हामी यथासम्भव सहयोग गर्न तयार छौँ । तपाईंहरुले पनि बिरामीलाई सकेसम्म राम्रो सुविधा दिनुहोला ।”

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख १०, २०८२  २०:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro