site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
उवा संघ चितवनमा चुनावी सरगर्मी, बाल्यकालका साथीबीच तीव्र प्रतिस्पर्धा
Sarbottam CementSarbottam Cement

चितवन । उद्योग वाणिज्य संघ चितवनको ५१ औँ साधारण सभा तथा अधिवेशनको मिति नजिकिँदै गर्दा चुनावी सरगर्मी निकै बढेको छ ।

आगामी नेतृत्वको लागि बहालवाला वरिष्ठ उपाध्यक्ष राजु श्रेष्ठ र निवर्तमान वरिष्ठ उपाध्यक्ष सहनलाल प्रधान चुनावी मैदानमा छन् ।

दुई प्यानलबीच कडा प्रतिस्पर्धा चलेको छ भने दुवै प्रत्यासी चुनावी प्रचारप्रसारमा जुटेका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

व्यवसायीको घरघरमा पुगेर दुवै उमेदवारले आफ्नो पक्षमा पार्ने कसरत गरिरहेका छन् । वर्तमान वरिष्ठ उपाध्यक्ष श्रेष्ठ रोलक्रमअनुसार अबको नेतृत्व आफैँले पाउनुपर्ने भन्दै चुनावी प्रचारप्रसारमा छन् भने उनका प्रत्यासी सहनलाल प्रधान इतिहासको मूल्यांकन गरेर मत दिन मतदाताहरूलाई आग्रह गरिरहेका छन् ।

वर्तमान अध्यक्ष राजन गौतमसँग अध्यक्ष पदमा पराजीत भएका प्रधान दोस्रोपटक अध्यक्ष पदमा प्रतिस्पर्धामा उत्रिएका हुन् । त्यसो त प्रधान र श्रेष्ठ बाल्यकालदेखिका साथी हुन् । तर उनीहरू लोकतान्त्रिक विधिअनुसार चुनावी प्रतिस्पर्धामा छन् ।

Global Ime bank

प्रधानले विगत लामो समयसम्म उद्योग वाणिज्य संघमा गरेको लगानी र लगनशीलतालाई जीतको आधार मानेका छन् भने श्रेष्ठले लक्ष्मीनारायण वस्त्रालयको घटनालाई मुख्य एजेण्डा बनाएका छन् ।

दुवैजना कपडा व्यवसायी संघ नारायणगढको २० औँ साधारण सभामा दुई माग्न पुगे । दुवै जनाले कसैलाई आलोचना गर्नुभन्दा पनि आफूले गरेका राम्रा कामलाई हेरेर जिताउन कपडा व्यवसायी संघलाई आग्रह गरे ।

प्रधानले करिब दुईदशक समय उद्योग वाणिज्य संघको लागि खर्चिएका छन् । लामो समयसम्ममा उनले दुई कार्यकाल तृतीय उपाध्यक्ष हुँदा त्रैमासिक भेलाको सुरूवात गरेर व्यवसायीको हकहितको पक्षमा काम गरेको दाबी गर्दै आएका छन् ।

त्यतिमात्र नभई आफू वरिष्ठ उपाध्यक्ष हुँदा नारायणी नदी किनारलाई पर्यटकीय क्षेत्रको रूपमा विकास गर्नको लागि ४६ वटा सोलार जडान भएको उनले स्मरण गरे ।

प्रधानले भने, “हुन त मैले कार्यसमितिको पदमा रहेर आफ्नो जिम्मेवारी निभाएको हुँ । तर आफ्नो जिम्मेवारीलाई कसरी बहन गर्ने भन्ने विषय मुख्य हो । अहिले नदी किनारको सोलारले गर्दा स्वरूप फेरिएको छ । जसले गर्दा हामी उद्योगी व्यवसायीलाई नै फाइदा भएको छ ।”

उनले आफ्नै नेतृत्वमा भएका धेरै कामले अहिलेसम्म पनि निरन्तरता पाइरहेको र सबै व्यवसायीलाई फाइदा भइरहेको दाबी गरे ।

सबै उद्योगी व्यवसायीको हकअधिकारको लागि एकदशकभन्दा बढी समय उद्योग वाणिज्य संघको कार्यसमितिमै रहेर काम गरेको अनुभवका आधारमा उद्योगी व्यवसायीले आफूलाई नै विश्वास गरेर जिताउनेमा प्रधान ढुक्क छन् ।

उनले आफ्नो प्यानलसहित चुनावी मैदानमा उत्रिन लागेको भन्दै अबको एक - दुई दिनभित्रै पूर्ण समितिको नामावली सार्वजनिक गरिने बताए ।

व्यक्तिगतभन्दा पनि सामूहिक कार्यले सफलता पाउने भन्दै प्रधान भन्छन्, “अबको सफल कार्यसमितिको आवश्यकता महसुस गर्नुभएको छ भने मेरो नेतृत्वमा आएको समितिलाई जिताउनु हुन पनि म अनुरोध गर्दछु ।”

वर्तमान कार्यसमितिका वरिष्ठ उपाध्यक्ष राजु श्रेष्ठ भने अबको नेतृत्वको लागि उद्योगी व्यवसायीले आफूलाई रोजेकोले उमेदवारी दिएको बताउँछन् ।

भरतपुर नारायणगढका व्यवसायीहरूका लागि हरपल हरक्षण आफू सक्रिय रहेको आधारमा यसपटक मतदाताहरूले विश्वास गर्ने उनको भनाइ छ । उनी भन्छन्, “स्वभाविकरूपमा संस्थाको रोलक्रमअनुसार पनि अबको अध्यक्ष बन्ने पालो मेरै हो ।”

अबको आर्थिक विकासको लागि उद्योग वाणिज्य संघको भूमिका महत्वपूर्ण रहेको भन्दै उनले थपे, “चितवनलाई तीनखम्बे अर्थनीतिलाई बलियो बनाएको हेर्ने मन छ भने मलाई मतदान गरेर सहयोग गर्नुुस् ।”

आफू पूर्वखेलाडी भएको स्मरण गर्दै श्रेष्ठले भने, “चितवनमा एउटा राम्रो खेल मैदान छैन । यदि यहाँको उद्योगी व्यवसायीले फाइदा लिनुछ भने खेलकुदको क्षेत्रमा पनि उत्तिकै सक्रिय भएर काम गर्नुपर्छ ।”

दुवैजना विगत लामो समयदेखि चितवनमा रहेर व्यवसाय गरिरहेका छन् । सहनलाल प्रधान सञ्चार उद्यमी हुन् भने राजुु श्रेष्ठ होटल व्यवसायी हुन् । आफूलाई बालसखा भन्न रूचाउने दुवै जना अहिले एकअर्कालाई पछार्ने दाउमा लाग्दा सम्बन्ध बिग्रियो भन्ने आवाज पनि सुनिन थालेको छ ।

वर्तमान अध्यक्ष राजन गौतमले दुवैजनालाई एकदिनका लागि मात्रै प्रतिस्पर्धीको रूपमा हेर्न आग्रह गरे । उनले भने, “तपाईंहरू दुवैजना ३० गते एकदिनमात्रै प्रतिस्पर्धी हो ।” 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, पुस १८, २०७४  १३:४२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय