site stats
बाह्रखरी :: Baahrakhari
खेल
फ्रान्सिस्कोको निधनपछि इटालियन सिरी ‘ए’का खेल स्थगित

काठमाडौं । क्याथोलिक क्रिस्चियन धर्मगुरु पोप फ्रान्सिस्कोको निधन भएपछि इटालियन सिरी ‘ए’अन्तर्गत सोमबारका निम्ति तय सबै खेल स्थगन गरिएको छ ।

सोमबार आफ्नै निवासमा ८८ वर्षीय फ्रान्सिस्कोको निधन भएको भ्याटिकन सिटीले जनाएको छ । फ्रान्सिस्कोको निधनपछि विश्वभरका शीर्ष खेलाडी तथा क्लबबाट समेत श्रद्धाञ्जली अर्पण गरिएको छ ।

“श्रद्धेय पोप फ्रान्सिस्कोको निधनपछि सिरी ए र प्रिमाभेरा–१ अन्तर्गतका आज हुने तय भएका सबै खेलहरू स्थगन भएका छन् । यी खेलका अर्को मिति केही समयपछि निर्धारण गरिनेछ,” सिरी ‘ए’ले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
 

प्रकाशित मिति: सोमबार, वैशाख ८, २०८२  १५:४८
प्रतिक्रिया दिनुहोस्