site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
राजेन्द्र लिङ्देनसहित तीन सांसद गिरफ्तार, रवीन्द्र मिश्र राखेकै भवनमा पुर्‍याइयो  

काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसहित तीन सांसदलाई प्रहरीले गिरफ्तार गरेको छ । लिङ्देन, उपाध्यक्ष बुद्धिमान तामाङ र ज्ञानेन्द्र शाहीलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

उनीहरुले सिंहदरबारभित्रै नाराबाजी गरेपछि नियन्त्रणमा लिनुपरेको प्रहरीले जनाएको छ । निषेधित क्षेत्र तोड्ने प्रयास गर्दै उनीहरु अघि बढेका थिए । तर सिंहदरबारभित्रैबाट नाराबाजी गरेर उनीहरु नै गिरफ्तारी दिने तयारीमा देखिएको प्रहरी दाबी छ ।

गिरफ्तारीमा परेकाहरुलाई जिल्ला प्रहरी परिसरमा पुर्‍याइएको छ । जहाँ यसअघि पक्राउ परेका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर जबराहरु रहेका छन् । त्यसअघि उनीहरु राप्रपा संसदीय दलको कार्यालयमा जम्मा भएका थिए ।

उनीहरुले सिंहरदरबारभित्रैबाट नाराबाजी गर्दै अघि बढेका थिए । प्रहरीले निषेधित क्षेत्रमा नाराबाजी गरेको भन्दै गिरफ्तार गरेको जनाएको छ । तर राप्रपाका कार्यकर्ताहरु भने बानेश्वर क्षेत्रमा प्रदर्शनमा रहेका छन् । उनीहरुलाई अहिले सांसद दिपक सिंहले सम्बोधन गर्दैछन् ।

लिङ्देनको नेतृत्वमा राप्रपाका सात सांसदले सिंहदरबारस्थित सहरी विकास मन्त्रालयअगाडिको सडकमा प्लेकार्ड प्रदर्शन गरेर निषेधाज्ञाको विरोध गरेका थिए । प्लेकार्ड खोसेर प्रहरीले च्यातिदिएको छ । यसअघि राप्रपा सांसद ज्ञानेन्द्र शाहीले आफूसहितलाई सिंहदरबारस्थिति संसदीय दलको कार्यालयमा नै प्रहरीले बन्दी बनाएको बताएका थिए । 

तर, केहीबेरमा राप्रपा सांसदहरूले सिंहदरवारमै प्रदर्शन गरे । प्रदर्शनका क्रममा प्लेकार्ड खोसेर उनीहरूलाई प्रहरीले छोडिदिएको छ । उनीहरू मिडियासँग कुरा गर्दै दक्षिण गेटबाट बाहिरिएका छन् । बाहिरिएपछि उनीहरूले ‘गणतन्त्र मुर्दावाद’, ‘भ्रष्ट सरकार मुर्दावाद’ भन्दै नारबाजी गरेका थिए । नाराबाजी गरेपछि सिंहदरबार बाहिर उनीहरू पक्राउ परेका हुन् ।

गिरफ्तारिकै क्रममा शाहीले केपी शर्मा ओली नेतृत्वको सरकार भ्रष्ट रहेको आरोप लगाउँदै दिनगन्ति सुरु भएको बताए ।
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, वैशाख ७, २०८२  १४:४०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro