site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
गणतन्त्रमाथि कुनै खतरा छैन : प्रचण्ड
तस्बिर : रासस ।

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गणतन्त्रमाथि कुनै खतरा नरहेको बताएका छन् । आइतबार (वैशाख ७) विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग उनले तत्काल गणतन्त्रमाथि गम्भीर खतरा आयो भनेर सोच्न जरुरी नरहेकामा जोड दिए ।

दलहरू एक हुनैपर्ने नत्र गणतन्त्र खतरामा पर्ने भन्ने भाष्य ठिक नरहेको उनले उल्लेख गरे । गणतन्त्रका विषयमा दलहरूबीच कुनै विमति भने नरहेको उनको भनाइ थियो ।

“अहिले नै गणतन्त्रप्रति त्यस्तो गम्भीर खतरा आयो भन्याजस्तो गरी सोच्न पनि जरुरी छैन,” उनले भने, “त्यो जनआधारको दृष्टिकोणले, जनमतको दृष्टिकोणले पनि र अहिले दलहरूचाहिँ गणतन्त्रको रक्षाको निम्ति एक हुनैपर्ने नत्र गणतन्त्र खतरामा पर्ने भन्ने भाष्यचाहिँ ठिक छैन ।”

प्रचण्डले ठूलो दलको हैसियतमा नेपाली कांग्रेसको नेतृत्वमा सरकार बने आफूहरूको समर्थन रहने बताए । भ्रष्टाचारको मुद्दामा भने कुनै समर्थन नहुने उनले स्पष्ट पारे ।

वर्तमान सत्ता गठबन्धन संविधानको भावनाविपरीत भएको उनले दोहोर्‍याए । यो गठबन्धनलाई समर्थन गर्ने चर्चा गलत भएको उनले बताए ।

संविधान र कानुनानुसार पूर्वराष्ट्रपति र उपराष्ट्रपतिलाई पुनः राजनीतिमा फर्कन कसैले नरोक्ने उनले सुनाए । पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन पार्टीमा क्रियाशील हुन इच्छुक देखिएपछि जिम्मेवारीमा फर्किएको उनको भनाइ थियो । हिमालयन टेली भ्वाइस

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, वैशाख ७, २०८२  १३:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro