site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
गभर्नरमा चर्चाकै भरमा डा. गुणाकरविरुद्ध दायर रिट न्यायाधीश फुयाल र पाण्डेको इजलासमा
डा. गुणाकर भट्ट । फाइल तस्बिर ।
Tiktok banner adTiktok banner ad

काठमाडौं । नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट राजीनामा दिएका डा. गुणाकर भट्टविरुद्धको रिट आइतबार (वैशाख) सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाल र नित्यानन्द पाण्डेको इजलासमा परेको छ । गभर्नर बन्ने चर्चाकै भरमा डा. भट्टलाई समेत विपक्षी बनाएर अधिवक्ता विशाल थापासहितले पूरक निवेदन दिएका थिए ।

सरकारले संशोधन गरेको गभर्नर नियुक्ति मापदण्डविरुद्ध पनि उनले रिट दायर गरेका थिए । यसअघि नै अन्तरिम आदेश प्रयोजनका निम्ति आजको पेसी तोकिएको थियो । पूरक निवेदन पनि सँगै पेसी चढेको हो ।

न्यायाधीशद्वय फुयाल र पाण्डेको इजलासमा आइतबार ३८ मुद्दा छन् । भट्टलाई समेत विपक्षी बनाइएको मुद्दा ३७औँ नम्बरमा छ । यसकारण उक्त मुद्दाको पालो आउने सम्भावना न्यून छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख ७, २०८२  ११:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro