site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
चाडमा १०० भन्दा बढी कैदी कारागारबाट भागे
तस्बिर : एएफपी ।

मोंगो (चाड) । अधिकारीहरूले एक गोलीकाण्डमा १०० भन्दा बढी कैदी चाड कारागारबाट भागेको बताएका छन् । त्यसक्रममा तीनजनाको मृत्यु भएको थियो । कारागार भ्रमण गरेका राज्यका गभर्नर घाइते भएका थिए ।

देशको मध्यमा रहेको मोंगो सहरबाट पाँच किलोमिटर टाढाको उच्च सुरक्षा कारागारमा विद्रोह हुँदा शुक्रबार राति उक्त घटना भएको हो । “त्यहाँ करिब १०० जना भागेका छन्, तीनजनाको मृत्यु भएको छ र तीनजना घाइते भएका छन्,” मोंगो अवस्थित गुयेरा प्रान्तका महासचिव हसन सुलेमाने एडमले भने ।

एक स्थानीय मोंगो अधिकारीले नाम नछाप्ने सर्तमा कैदीहरू बन्दुक चोरी गर्न प्रबन्धकको कार्यालयमा प्रवेश गरेको बताए । “त्यसपछि गार्डहरूसँग गोली हानाहान भयो । त्यही समयमा गभर्नर आइपुगे । उनी घाइते भए,” उनले भने ।

मोंगो अधिकारीले त्यहाँ तीनजनाको मृत्यु भएको पुष्टि गरे । र, भागेका कैदीको कुल संख्या १३२ रहेको बताए ।

खाना अभाव भएको गुनासो गरेपछि कैदीले विद्रोह गरेको उनले बताए । रासस/एएफपी

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शनिबार, वैशाख ६, २०८२  २१:०९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro