site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
बानेश्वरमा शिक्षक आन्दोलन चलिरहँदा जे देखियो (फोटो फिचर)

काठमाडौं । १६ दिनदेखि विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने मागसहित काठमाडौंमा आन्दोलन गरिरहेका शिक्षकहरूले आफ्ना विभिन्न प्रतिभा पस्किरहेका छन् ।

शुक्रबार बानेश्वर पुग्दा देशभरबाट आएर काठमाडौंकेन्द्रित आन्दोलन गरिरहेका शिक्षकका विभिन्न समूहहरूले नयाँ बानेश्वरमा फरक फरक खालको आन्दोलन गरिरहेका छन् । आन्दोलन फरकफरक शैलीमा गरेता पनि उद्देश्य भने विद्यालय शिक्षा ऐन जारी हुनुपर्ने नै रहेको छ ।

शिक्षक आन्दोलनमा सबैभन्दा धेरै जादु देखाउने पर्साका शिक्षक देवेन्द्रप्रसाद साह निकै लोकप्रिय छन् । साहले आन्दोलनमा विद्यालय शिक्षा ऐनको माग राख्दै कलमको शक्ति भन्दै विभिन्न जादु देखाउने गरेका छन् । आन्दोलनमा आएका शिक्षकहरू पनि उनको जादु हेर्न निकै मन पराउँछन् ।

त्यसैगरी लुम्बिनी प्रदेशबाट आएका पुरुष शिक्षक समूहले साडी पहिरिएर नाच देखाएका थिए भने सुदूरपश्चिमबाट आएका शिक्षक समूहले देउडाबाट आफ्ना माग सरकारलाई सुनाएका थिए ।

teacher-(7)-1744985960.jpg
 

संयुक्त रूपमा देशभरि आएका शिक्षकहरूले आन्दोलनमा पनि फरक फरक किसिमका क्रियाकलाप, भाषा शैलीमा सरकारलाई आफ्ना माग सम्बोधनका लागि हार्दिक रूपमा आग्रह गरिरहेका हुन्छन् ।

आन्दोलनका क्रममा कसैले भाषण गरेर त कसैले कविता वाचन गरेर, कसैले गीत गाएर, कसैले नाचगान गरेर, कसैले बाध्यवादन बजाएर भने कसैले जादु देखाएर आन्दोलनमा रौनकता थपिरहेका छन् । शिक्षकहरूसँगै आएका उनका बालबालिकाहरू पनि आन्दोलनमा रमाइरहेका देखिन्छन् ।

यसबीच सरकारले पटकपटक वार्तामा बोलाए तापनि वार्ता निष्कर्षमा नपुग्दा शिक्षकहरूको आन्दोलन लम्बिरहेको छ ।

विगत १६ दिनदेखि शिक्षकहरूको आन्दोलनले काठमाडौंको माइतीघर–बानेश्वरको मुख्य सडकखण्ड अस्तव्यस्त हुँदा आम नागरिकलाई पनि सास्ती भएको प्रष्ट देखिन्छ ।

teacher-(13)-1744985963.jpg

teacher-(12)-1744985963.jpg

teacher-(10)-1744985962.jpg

teacher-(14)-1744985964.jpg

teacher-(8)-1744985961.jpg

teacher-(9)-1744985961.jpg

teacher-(6)-1744985960.jpg

teacher-(5)-1744985959.jpg

teacher-(3)-1744985958.jpg

teacher-(1)-1744985957.jpg

teacher-(2)-1744985957.jpg

प्रकाशित मिति: शुक्रबार, वैशाख ५, २०८२  २०:०५
प्रतिक्रिया दिनुहोस्