site stats
बाह्रखरी :: Baahrakhari
कला
बनेपामा इनडोर स्टुडियो निर्माणको ठेक्का स्वीकृत

काठमाडौं । चलचित्र विकास बोर्डले बनेपा नगरपालिकामा निर्माण गर्न लागिएको इनडोर स्टुडियोको ठेक्का स्वीकृत गर्ने आशयको सूचना प्रकाशित गरेको छ । 

नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गतको बोर्डले ०८१ माघ २७ गते  आर्थिक वर्ष ०८१–८२ का निम्ति बोलपत्र आह्वान गरेको थियो । स्वीकृत ठेक्का नम्बर एफडीबी/इनडोर स्टडियो/डब्ल्यू/एनसीबी/०१/०८१–०८२३ रहेको छ ।

Argakhachi Cement Island Ad

बोलपत्र स्वीकृत भई निर्माण कार्य यू एन्ड एस–एनएस– रेग्मी जेभी माझी फेडा काभ्रे नामक निर्माण कम्पनीलाई दिइएको छ । कुल ठेक्का रकम ५ करोड ३६ लाख ८६ हजार ८ सय ४४ रुपैयाँ ४८ पैसा रहेको छ ।

चलचित्र विकास बोर्डले यस निर्माण कार्यका लागि खुला राष्ट्रिय प्रतिस्पर्धात्मक बोलपत्र आह्वान गरेको थियो, जसमा न्यूनतम मूल्यांकनका आधारमा सफल ठेकेदारका रूपमा उपयुक्त ठेक्का स्वीकृत गर्ने  आशयको सूचना आजको गोरखापत्रमा प्रकाशित गरिएको छ ।

प्रकाशित मिति: शुक्रबार, वैशाख ५, २०८२  १९:०४
प्रतिक्रिया दिनुहोस्