site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
हमासद्वारा इजरायलको नयाँ युद्धविराम प्रस्ताव अस्वीकार

काठमाडौं । हमासले इजरायलको नयाँ युद्धविराम प्रस्ताव अस्वीकार गरेको छ । हमासले इजरायलले बारम्बार हवाई आक्रमण गरेको आरोप लगाउँदै औपचारिक रुपमा युद्धविराम प्रस्ताव अस्वीकार गरेको हो । 

उक्त समूहले बाँकी रहेका सबै बन्धकको रिहाइ र प्यालेस्टिनी कैदीहरूलाई रिहा गर्ने बदलामा युद्ध अन्त्य गर्ने सम्झौता गर्न तयार रहेको बताएको छ ।

हमासका प्रमुख वार्ताकार खलिल अल–हय्याले भिडियोमार्फत वक्तव्य जारी गरेका छन् ।

“इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको राजनीतिक एजेन्डासँग मेल खाने कुनै पनि सम्झौतालाई हामी स्वीकार गर्दैनौं,” उनले भने । 

इजरायलको नयाँ सम्झौतामा १० जना बन्धकको रिहाइको बदलामा ४५ दिनको युद्धविरामको माग गरिएको छ ।

हमासको स्वास्थ्य मन्त्रालयले केही घण्टाअघि इजरायली हवाई आक्रमणमा ३७ जनाको मृत्यु भएको जनाएको छ ।

यद्यपि, इजरायली सेनाले यस विषयमा अहिलेसम्म केही बताएको छैन । बीबीसी

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, वैशाख ५, २०८२  १०:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro