site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
तीनवटा संसदीय समितिको बैठक बस्दै, यस्तो छ कार्यसूची 
कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकको फाइल तस्बिर ।
Tiktok banner adTiktok banner ad

काठमाडौं । संघीय संसद्अन्तर्गत आज तीनवटा संसदीय समितिको बैठक आज बस्दै छ । कानुन, न्याय तथा मानव अधिकार समिति, राज्य व्यवस्था तथा सुशासन समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्न लागेको हो । 

कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा समितिको मस्यौदा वार्षिक प्रतिवेदन, २०८१/०८२ माथि छलफल गर्ने कार्यसूची छ । 

बैठक बिहान ११ बजे बस्नेछ । 

राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक,२०८० का सम्बन्धमा गठित उपसमितिको प्रतिवेदनमा छलफल हुनेछ । 

बैठक बिहान ११ बजे बस्नेछ । 

विधायन व्यवस्थापन समितिको बैठकमा संविधानअनुसार बन्न बाँकी कानुनहरूको सम्बन्धमा कानुन मन्त्रालयसँग छलफल गर्ने कार्यसूची छ ।

बैठक दिउँसो १ बजे बस्नेछ । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख ५, २०८२  ०५:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro