site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सुमनाले भनिन्– राजनीतिक संस्कार चित्त नबुझेकाहरू एकै ठाउँमा आउनैपर्छ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सहमहामन्त्री सुमना श्रेष्ठले राजनीतिक संस्कार नबुझेकाहरू एकै ठाउँमा आउनुपर्ने बताएकी छन् । बिहीबार केन्द्रीय समिति बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै श्रेष्ठले यस्तो बताएकी हुन् । “हामी जति जनालाई यो चित्त बुझेको छैन, पात्र मात्र होइन, राजनीतिक संस्कार चित्त नबुझेकाहरू सबै एक ठाउँमा आउनैपर्छ,” उनले भनिन् ।

उनले पार्टीबाट निर्णय गरेर राजनीतिक संस्कारसँग चित्त नबुझेको मान्छेसँग सम्वाद गर्न भनेको बताइन् । “म के कुरामा सहमत छु भने पुरानो संस्कार भएन भन्ने सबै साथीहरू एक ठाउँमा आउनुपर्छ, फोरम र एलाइन्स बनाउनुपर्छ । विकृतिका विरुद्धमा लड्नुपर्छ भन्नेमा दुईमत छैन,” उनले भनिन् । उनले आफूले केन्द्रीय समितिमा पनि यही कुरा भनेको बताइन् ।

सुमनाले आफ्नो राजीनामाको विषय पार्टीभित्रबाट गलत समयमा सार्वजनिक गरिएको भन्दै असन्तुष्टि जनाइन् । आफूले दुई हप्ताअगाडि नै राजीनामा दिएको तर हालसम्म स्वीकृत नभएको उनको भनाइ छ ।

“दुई हप्ता अगाडि चैत १८–१९ गते दिएको हो राजीनामा । तर शुक्रबार सभापतिज्यू पक्राउ परेपछि यसलाई होल्ड गरौँ भन्ने भयो । तर आज बिहान मलाई तारन्तार फोन आयो । राजीनामाको कुरा सोधियो,” उनले भनिन्, “कहाँबाट थाहा पाउनुभयो भन्दा त बिहान तपाईंको पार्टी भित्रैबाट आएको हो भन्ने कुरा गर्नुभयो । मैले यो होल्ड गरौँ, मैले केन्द्रीय समितिमा राखेको छैन भनेको थिएँ । तर बाहिर छ्याप्छ्याप्ती भइसकेको रहेछ ।”

उनले आफूले दुई हप्ताअगाडि राजीनामा दिँदा पार्टी सभापति रवि लामिछाने बाहिरै रहेको बताइन् । “उहाँ (रवि लामिछाने) पार्टीमा फर्किएर हामी एकदम एक्साइटेड थियौँ । शुक्रबार नै यस्तो हुन्छ भनेर अनुमान गरेका थिएनौँ । मैले राजीनामा दिएको समय सही थियो । तर, अहिले गलत समयमा प्रचारमा ल्याइयो,” उनले गुनासो गरिन् ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, वैशाख ४, २०८२  २१:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro