site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
वैदेशिक रोजगारीलाई मर्यादित बनाउने जिम्मेवारी स्वयं व्यवसायीको : श्रममन्त्री

काठमाडौं । श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले वैदेशिक रोजगार ऐनलाई संशोधन गर्ने प्रक्रिया सुरु भइसकेको जानकारी दिएका छन् । 

बिहीबार सिंहदरबारमा नेपाल वैदेशिक रोजगार व्यवसायी संघको नवनिर्वाचित कार्यसमितिसँगको छलफलका क्रममा मन्त्री भण्डारीले वैदेशिक रोजगार ऐनलाई संशोधन गर्नेसम्बन्धी विधेयकलाई संघीय संसद्को अबको अधिवेशनमा प्रस्तुत गर्ने गरी तयारी भइरहेको जानकारी दिए । 

उनले सकेसम्म अबको अधिवेशनबाटै वैदेशिक रोजगार ऐनलाई संशोधन गर्ने कानुन पारित गरिने जिकिर गरे । वैदेशिक रोजगार ऐनका लागि कार्यदलले छलफल सुरु गरेको अवस्थामा समयसापेक्ष सुधार गर्दै अघि बढ्ने उनले बताए । 

मन्त्री भण्डारीले वैदेशिक रोजगार व्यवसायलाई मर्यादित बनाउने जिम्मेवारी स्वयं व्यवसायीको भएको उल्लेख गरे । वैदेशिक रोजगार व्यवसायीले इमानदारीका साथ व्यवसाय गरे सरकारलाई पनि सहजीकरण गर्न सहज हुने उनको भनाइ छ ।

प्रकाशित मिति: बिहीबार, वैशाख ४, २०८२  १४:५१
प्रतिक्रिया दिनुहोस्