site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कांग्रेस महामन्त्रीद्वयलाई पार्टीभित्रै प्रश्न– संयन्त्रमा नराखेर किन बाहिर बोलेको ? 
फाइल तस्बिर ।
Tiktok banner adTiktok banner ad

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारी बैठकमा महामन्त्रीहरूमाथि सरकारको विषय संयन्त्र र पार्टीमा नराखेर किन बाहिर बोलेको भन्दै प्रश्न उठेको छ । कांग्रेस प्रवक्तासमेत रहेका प्रकाशशरण महतसहितले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माका पछिल्ला अभिव्यक्तिमाथि प्रश्न उठाएका हुन् ।

“हामीले बाहिर राख्नेभन्दा सम्बन्धित संरचनामा कुरा राख्नुपर्‍यो, त्यहाँबाट आएका विषयमात्र बाहिर राख्नुपर्‍यो,” आफूले राखेको भनाइबारे प्रवक्ता महतले भने, “हामीले भनेको कुरालाई उहाँहरूले महसुस गर्नुभएको छ ।”

प्रवक्ता महतले गठबन्धन दलबीचमात्र नभएर प्रधानमन्त्रीकै दलभित्र पनि समन्वय आवश्यक हुने बताए । उनले असन्तुष्टिका विषय सम्बन्धित संरचनामा राखेर सुल्झाउनुपर्ने बताए ।

“तालमेल र समन्वय त प्रधानमन्त्रीकै दलमा पनि गर्न आवश्यक छ । नियुक्तिमा पनि सन्तुलन आवश्यक छ,” महतले भने, “पार्टीगत एफिलियसन (पार्टीसँगको संलग्नता) भन्दा डेलिभरी (काम गरेर परिणाम) दिन सक्ने व्यक्तिहरू नियुक्तिबाट आउनुपर्छ भन्ने समझदारी भएको छ ।”

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख ४, २०८२  १३:२९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro