site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
‘भूठान’को ट्रेलरमा देश फर्किन नपाउँदाको उकुसमुकुस

काठमाडौं । चलचित्र ‘भूठान’को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरले भुटानबाट अमेरिका पुगेका भुटानी शरणार्थीको कथा भन्ने प्रयास गरेको छ । 

भुटानमा जन्मे/हुर्केर अमेरिका पुगेका एक वृद्धले जन्मभूमिमा फर्किन गरेको संघर्ष ट्रेलरले समेटेको छ । उमेरले जन्मभूमिमा जरा गाडिसकेपछि अमेरिका जान बाध्य भएर उतै बस्नु पर्दाको पीडा र स्वदेशप्रतिको माया ट्रेलरमा देख्न सकिन्छ । 

अमेरिकामा भौतिक सुखसयल भए पनि धर्म, संस्कार र संकृति नमिल्दा त्यहाँ झेल्नुपर्ने समस्या त्यसले परिवारमा ल्याउने फाटो ट्रेलरमा देखाइएको छ । 

भुटानदेखि भारत र नेपाल हुँदै अहिले अमेरिकामा बसोवास गरिरहेका भुटानीहरूको देशप्रेम र आफ्नो थातथलो छोड्नु पर्दा घर हराएको कथा ‘भूठान’ले उठान गरेको छ । 

अंग्रेजीमा ‘द वल्र्डस् ह्याप्पिएस्ट म्यान’ नाम रहेको यो चलचित्रको मुख्य भूमिकामा हरिवंश आचार्य छन् । हरिवंशसँगै दयाहाङ राई, अनुराधा मजुमदार, पूजा चन्द–लामा, रिचा घिमिरे, जोएस पाण्डे, अदिति प्याकुरेल, टम क्रेन, विमल सुवेदी छन् ।

हलिउड अभिनेता बु्रस डर्नले पनि विशेष भूमिकामा अभिनय गरेका छन् । हलिउडको साग अफट्रा अन्तर्गत रहेर बनेको यो पहिलो नेपाली चलचित्र हो जसमा हलिउडका केही प्राविधिकहरुले पनि काम गरेका छन् । सुसन प्रजापतिले खिचेका छन् ।

वैशाख १२ गते रिलिज हुने चलचित्रलाई विनोद पौडेलले निर्देशन गरेका छन् । ‘भूठान’का निर्मातामा अविरल थापा, सुशांक मैनाली, राजेन्द्र ठकुराठी, अमिताभ जोशी र किर्तना बाँस्कोटा छन् । 

कार्यकारी निर्मातामा विकाश भिटो अधिकारी, कौशिला खनाल, रमेश भट्ट, अपार श्रेष्ठ छन् । अन्जय खड्काको सम्पादन, डिकेश खड्गी शाहीको ध्वनी, समवरण केमको संगीत, सूर्य शाहीको कास्टिङ, उज्जवल श्रेष्ठको पव्लिसिटी डिजाइन, विमल सुवेदीको प्रोडक्सन डिजाइन, वलिउडका प्रख्यात कला निर्देशन अन्जन गजुरेलको छ ।

चलचित्रलाई ठकुराठी ब्रोज, भ्याकेन्ट लाइट, एभरेष्ट इन्टरटेनमेन्ट, अमेरिकाको सहकार्यमा नेपालको अवेकन प्रोडक्सन् र अमेरिकाको म्याड मंकी फिल्मसले निर्माण गरेको हो ।

प्रकाशित मिति: बुधबार, वैशाख ३, २०८२  ०७:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro