site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
शिक्षकलाई कार्यस्थलमा फर्किन सरकारको अनुरोध

काठमाडौं । सरकारले आन्दोलनरत शिक्षकलाई आआफ्नो कार्यस्थलमा फर्कन अनुरोध गरेको छ । नेपाल शिक्षक महासंघको आह्वानमा भइरहेको प्रदर्शनप्रति सरकारको गम्भीर ध्यानाकर्षण भएको जनाउँदै कार्यस्थलमा फर्कन अनुरोध गरेको हो ।

"हाल विद्यार्थी भर्नाको समय, एसइईको उत्तरपुस्तिका परीक्षण एवं कक्षा १२ को राष्ट्रिय परीक्षा समेतको समय भएको अवस्था रहेकोले विरोध र प्रदर्शनका कार्यक्रम स्थगन गरी अभिभावक एवं विद्यार्थीको हितलाई मध्यनजर गरी सम्पूर्ण शिक्षकहरूलाई आआफ्नो कार्यथलोमा फर्किन अनुरोध गर्ने," मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले अनुरोध गरेको हो ।

मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले वैशाख १२ शुक्रबार दिउँसो १ बजे बस्ने गरी संसद् बैठक आह्वान गर्न सिफारिस गर्ने निर्णय गरेको छ । सरकारले विद्यालय विधेयक छिटोभन्दा छिटो पारित गर्ने प्रतिबद्धता जनाएको छ ।

संघीय संसद्मा विचाराधीन रहेको विद्यालय शिक्षा विधेयक यथाशक्य पारित गर्ने समेत जनाइएको छ ।

 

प्रकाशित मिति: मंगलबार, वैशाख २, २०८२  २३:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro