देश

काठमाडौं । काठमाडौं महानगरपालिकाले दर्ता गराएरमात्र कुकुर तथा बिरालो पाल्न आग्रह गरेको छ । एक सूचनामार्फत महानगरले कुकुर/बिरालोलाई माइक्रोचिप लगाएर वडा कार्यालयमा दर्ता गराएरमात्र पाल्न भनेको छ ।
महानगरका अनुसार, कुकुर/बिराला चोरी भएको, हराएको तथा छाडा छाडिएको जनगुनासो आउन थालेपछि दर्ताको व्यवस्था गरिएको हो ।
"साथै, काठमाडौं महानगर क्षेत्रबाट वा क्षेत्रभित्र कुकुर/बिरालो बिक्री वितरण गर्ने व्यक्ति/संस्थाले अनिवार्यरूपमा माइक्रोचिपिङ गरेर मात्र बिक्री वितरण गर्नु/गराउनुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ," सूचनामा भनिएको छ ।
प्रकाशित मिति: मंगलबार, वैशाख २, २०८२ १८:१०
प्रतिक्रिया दिनुहोस्