site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
सुडानमा विद्रोही अर्धसैनिक समूहको आक्रमणमा ५६ जनाको मृत्यु
फाइल तस्बिर ।

पोर्ट सुडान । सुडानको डारफुर क्षेत्रमा पर्ने उम्म कदादाह सहरमा अर्धसैनिक समूह र्‍यापिड सपोर्ट फोर्स (आरएसएफ)ले शुक्रबार र शनिबार गरी दुई दिन लगातार आक्रमण गर्दा ५६ जनाको ज्यान गएको स्थानीय स्वयंसेवी समूहले जानकारी दिएको छ । स्थानीय समितिका अनुसार, आक्रमण जातीय पहिचानका आधारमा गरिएको थियो र मृतकमध्ये धेरैजसो एउटै समुदायका थिए ।

उम्म कदादाह सहर डारफुर क्षेत्रको अन्तिम ठूलो सहर इल–फाशरतर्फ जाने मार्गमा पर्छ, जुन अहिले पनि सुडानी सेनाको नियन्त्रणमा रहेको सहर हो । स्थानीय प्रतिरोध समितिका अनुसार शुक्रबार र शनिबार भएका आक्रमण जातीय पहिचानका आधारमा लक्षित गरिएको थियो । यो समिति युद्ध सुरु भएदेखि नै राहत र समन्वयका काममा सक्रिय रहेको छ ।

उम्म कदादाह इल–फाशरबाट करिब १८० किलोमिटर पूर्वमा अवस्थित छ । अर्धसैनिक समूहले सहरलाई कब्जा गरेको एक दिनपछि त्यहाँ आक्रमण भएको हो । समितिले आक्रमणका क्रममा सर्वसाधारणमाथि हिंसा, धेरैलाई सहरबाट जबरजस्ती विस्थापित र सम्पूर्ण संचार सेवाहरू बन्द गरिएको जनाएको छ । समितिका अनुसार कम्तीमा १४ जना अझै हराइरहेका छन् ।

इल–फाशरमा संकटको अवस्था
शनिबारसम्म इल–फाशर नजिकको शिविरमा भएका आक्रमणमा कम्तीमा ४६ जनाको मृत्यु भएको छ, जसमा महिला तथा बालबालिका समेत छन् । मृतकहरूको पहिचान अझै खुल्न नसकेको बताइएको छ । सुडानी सेनाले इल–फाशर सहरमा मात्रै ७४ जना नागरिकको मृत्यु र १७ जना घाइते भएको जनाएको छ ।

स्थानीय स्रोतका अनुसार इन्टरनेट र सञ्चार सेवाहरू अवरुद्ध भएका कारण क्षतिको पूर्ण विवरण प्राप्त गर्न सकिएको छैन । रासस/एएफपी

प्रकाशित मिति: आइतबार, चैत ३१, २०८१  १९:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro