site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
यादका तरंगहरू
Tiktok banner adTiktok banner ad

मैले बोकेको
यो जीवनरूपी किताबमा
जब यादका पानाहरू
पल्टाउँदै पल्टाउँदै
अनायास हराएको
त्यो समय खोज्छु,
म फेरि आफैँमा हराउँछु
त्यही समयसँगै
यी यादहरू पनि
सुगन्धजस्तै फैलिँदा रहेछन्
मनभरि, मुटुभरि, आँखाभरि
र, मस्तिष्कभरि !

यी स्मृतिहरू पनि
हावाजस्तै उड्दा रहेछन्
अदृश्य र
खुला आकाशभरि
यी सम्झनाहरू पनि
अनवरत बग्दा रहेछन्
नदी, खोलानाला र झरना सरी
कहिल्यै नमेटिने
यी यादका तरंगहरू
निरन्तर चल्दा रहेछन्
पलपल चलिरहने श्वासप्रश्वास सरी !

(गुल्मी)

NIBLNIBL
प्रकाशित मिति: शनिबार, चैत ३०, २०८१  ११:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro