site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
स्वदेशी र विदेशी जलविद्युत्को स्वीकृति एउटै निकायबाट दिन सुझाव
मर्स्याङ्दी जलविद्युत् आयोजनाको दृश्य । फाइल तस्बिर ।

काठमाडौं । स्वदेशी र विदेशीलाई जलविद्युत् आयोजनाको स्वीकृति एउटै निकायबाट दिन उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले सरकारलाई सुझाव दिएको छ । आयोगका संयोजक एवं पूर्वअर्थसचिव रामेश्वरप्रसाद खनालले शुक्रबार (चैत २९) सरकारलाई बुझाएको प्रतिवेदनमा जलविद्युत्मा विदेशी लगानीको स्वीकृति दिँदा अपनाउनुपर्ने बहुचरणलाई हटाई एउटै निकायबाटै सम्पूर्ण अनुमति प्रदान गर्न सुझाव दिइएको छ ।

स्वदेशी पुँजी बजार र वैदेशिक स्रोतबाट जलविद्युत् क्षेत्रमा लगानीका निम्ति अभिप्रेरित गर्न वित्तीय टेवा, न्यूनतम राजस्व प्रत्याभूतिजस्ता प्रावधान प्रयोग, विनिमय दर, जलवायु परिवर्तन र यसका असरबाट हुने जोखिम आदिको हेजिङ प्रणाली विकास गर्ने, जलवायु उत्थानशील पूर्वाधार योजना र सूचना प्रविधि आदिले सम्बोधन गर्नुपर्ने प्रतिवेदनमार्फत सुझाव दिइएको छ ।

विदेशी लगानीकर्ता संलग्न कम्पनी खोल्न तथा करबाहेकको नाफा फिर्ता लैजान सहज वातावरण बनाउन थप सहजीकरण गर्नुपर्ने र त्यसका अतिरिक्त देशभित्र मुनाफा लगानी गर्न प्रोत्साहन गर्ने व्यवस्था गर्न आयोगले सुझाव दिएको छ ।

लगानीकर्ता चयन गर्दा निःशुल्क ऊर्जालाई प्राथमिकता दिँदै सित्तैमा पुँजीगत हिस्सा (सेयर)लगायत मुलुकलाई बढी फाइदा हुने अरू आर्थिक लाभ विषयलाई समेत आधार मानेर छनोट गर्न आयोगले सुझाव दिएको छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, चैत २९, २०८१  १६:२१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro