
काठमाडौं । फिफा क्लब विश्वकप २०२५ को प्रिक्वार्टरफाइनलमा मेजर सकर लिगको टोली इन्टर मियामीले यूईएफए च्याम्पियन्स लिग विजेता समेत रहेको पेरिस सेन्ट जर्मन (पीएसजी)विरुद्ध प्रतिस्पर्धा गर्ने भएको छ ।
मंगलबार बिहान पीएसजीले समूह ‘बी’को खेलमा सेटल साउन्डर्सविरुद्ध २–० को जित निकाल्यो । योसँगै शीर्ष स्थान निश्चित गरेपछि पीएसजीले नकआउटमा मियामीविरुद्ध प्रतिस्पर्धा गर्ने भएको हो । पीएसजीको जितमा खभिचा काभारात्स्खेलिया र अक्रफ हाकिमीले गोल गरे ।
इन्टर मियामी २–० पाल्मेरस
मंगलबारै बिहान भएको समूह ‘ए’को अर्को खेलमा मियामी २–० को अग्रता जोगाउन नसक्दा ब्राजिलियन क्लब पाल्मेरससँग २–२ को बराबरीमा रोकियो । मियामीका टाडेओ अलेन्डेले १६औँ र लुइस स्वारेजले ६५औँ मिनेटमा गोल गर्दै २–० को अग्रतामा राखेका थिए । ८०औँ मिनेटमा पाउलिन्हो र ८७औँ मिनेटमा माउरिसियोले गोल गरेपछि पाल्मेरस खेलमा फर्किएको थियो ।
यो नतिजासँगै समूह विजेता बनेको पाल्मेरसले समूह ‘बी’को उपविजेता बोटाफोगाविरुद्ध प्रतिस्पर्धा गर्ने भएको छ ।