site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
सुनको मूल्य तोलामा १७ सयले घट्यो
फाइल तस्बिर ।
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । नेपाली बजारमा मंगलबार (असार १०) सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा एक हजार ७०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस दिन छापावाल सुनको मूल्य तोलाको एक लाख ९३ हजार ५०० रुपैयाँ कायम छ । सोमबार (असार ९) छापावाल सुन प्रतितोला एक लाख ९५ हजार २०० रुपैयाँमा किनबेच भएको थियो ।

चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको छ । चाँदी प्रतितोला दुई हजार १६० रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ । सोमबार चाँदी प्रतितोला दुई हजार १७० रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति: मंगलबार, असार १०, २०८२  ११:१२
प्रतिक्रिया दिनुहोस्