site stats
बाह्रखरी :: Baahrakhari
कला
‘लालीबजार’मा स्वस्तिमाको लुक्स

काठमाडौं । चलचित्र ‘लालीबजार’मा अभिनेत्री स्वस्तिमा खड्काले अभिनय गर्ने भएकी छन् । निर्माणपक्षले अभिनेत्री खड्का फिचर्ड पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति आगामी फागुन १ गतेलाई तय गरेको छ ।

सार्वजनिक पोस्टरमा अभिनेत्री खड्का गर्भवती महिलाको भूमिकामा देखिएकी छन् । तर, उनको शृंगार र हाउभाउले फरक चित्रण गरेको छ । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

यम थापाको लेखन तथा निर्देशनमा तयार हुने ‘लालीबजार’लाई रवीन्द्रसिंह बानियाँ र म्याक्स दीपेस खत्रीले निर्माण गर्दैछन् । कार्यकारी निर्माता प्रदीप भट्टराई बसेका छन् । 

दसैँपछि छायांकन गरिने ‘लालीबजार’ षट्कोण आर्टस एकल निर्माता भएर निर्माण गरिरहेको पाँचौँ सिनेमा हो । 
 

प्रकाशित मिति: मंगलबार, असार १०, २०८२  ११:४१
प्रतिक्रिया दिनुहोस्